माटोको जीवहरुलाई मन पर्ने चारा बिरुवाहरु छन्।
Open PDF in new window.
Felicity V. Crotty 11 *
School of Agriculture, Food and Environment, Royal Agricultural University, Cirencester, United Kingdom
गाईहरु र भेडाले चारा भनेर चिनिने बिरुवाहरु खान्छन्। चारा बिरुवाहरूमा घास, कासनी र बेहुली समावेश हुन सक्छन्। चारा बिरुवाहरु पोषक तत्वहरु र स्वादमा भिन्न हुन्छन्। यी बिरुवाहरुले माटोका जीवहरुको लागि माटोमुनिको इकोसिस्टम पनि परिवर्तन गर्न सक्छन्। माटोको जनावरहरु विभिन्न चाराहरु खानको लागि हिडडुल गर्न सक्छन् वा तिनीहरूकोमुनि बस्न सक्छन्। गँड्यौलाहरूले माटो र खाना मिसाईदिन्छन् जसले गर्दा माटोरूपी बासस्थान सुधारिन्छ। ढुसीले मरेको बोटविरुवाहरुलाई टुक्र्याउने गर्छन् र ढुसीलाई खाने जीवहरुले टुक्र्याउने प्रकृयाको गति बढाउँछन्। यसले अरु बोटबिरुवा र जनावरहरूको लागि थप खाना सिर्जना गर्दछ। कुन चारालाई माटोको जनावरहरुले रुचाउँछन् भनेर एउटा परीक्षण गरियो। सेतो बेहुली मुनि ठूलो संख्यामा गँड्यौला भेटियो। बेहुली र कासनी मुनि धेरै संख्यामा स-साना ढुसी-खाने कीराहरू र स्प्रिङटेलहरू (कीरा-जस्तै जीवहरू) भेटिए। बिरुवा खाने माटोका जनावरहरूले खानाको लागि गाईहरु र भेडासँग प्रतिस्पर्धा गर्छन्। यी बिरुवा खानेहरू जीवहरू राइघाँस मुनि ठूलो संख्यामा भेटिए। यस्ता बोटविरुवा बढाउनाले माटोमुनि भएका सहयोगी माटोका जनावरहरुले स्वस्थ माटो बन्दछ। यस्ता सहयोगी माटोजीवहरू बढाउने बोटबिरुवहरु बढाउनाले स्वस्थ माटो बनाउन मध्दत गर्न सक्छ।
यति धेरै माटोजीवहरू!
गाई र भेडाहरूले धेरै प्रकारका आहार खान्छन् जुन खेतभित्र बढ्ने बिरुवाहरूको प्रकारमा निर्भर हुन्छ, जसलाई चारा बिरुवा वा केवल चारा भनिन्छ। सबैभन्दा सामान्य चारा बिरुवा घाँस (राईघाँस) हो, तर अरूमा बेहुली र कसनी समावेश छन्। यी बिरुवाहरू तिनीहरूको स्वाद र पोषक तत्वहरूमा भिन्न हुन्छन्, जसले गाईहरु र भेडालाई खानाको छनौट दिन्छ र स्वस्थ, विविधतायुक्त आहार प्रदान गर्दछ। यसदेखि अतिरिक्त, चारा बिरुवाहरूले इकोसिस्टम सेवाहरू प्रदान गर्दछ। उदाहरणका लागि, बेहुलीले आफैलाई (र अन्य बिरुवाहरू) बढ्न मद्दत गर्न आफ्नै नाइट्रोजन मल उत्पादन गर्दछ। कासानीको लामो हाँगायुक्त जरा हुन्छ जसले माटो भित्र हावाको प्रवाह बढाउन मद्दत गर्दछ।
सबैलार्इ एकै ठाउँमा जोड्ने हो भने जमिन मुनि बस्ने माटोजीवरहरूको तौल माथि बस्ने भेडा र गाईहरुको भन्दा बढी हुन्छ (चित्र १)। यी माटोका जीवरहरूले धेरै प्रकारका खानेकुराहरू खान्छन्, र त्यहाँ बढ्दो बिरुवाहरूका कारण तिनीहरू भिन्न ठाउँमा बस्न रुचाउँछन्। सहरको बसाईको कल्पना गर्नुहोस्: केही क्षेत्रमा धेरै मानिसहरू एकअर्काका नजिकै बस्छन्, जबकि अन्य क्षेत्रमा तुलनात्मक रूपमा कम मानिसहरू हुन्छन्। केहि मानिसहरूलाई विद्यालय, काम र पसलहरू जस्ता स्रोतसाधनहरूको नजिकै बस्न मन पर्छ। तथापि, कोहीले भीडभाड कम भएको ठाउँमा बस्न रुचाउँछन्। माटोका जनावरहरूमा पनि यहि कुरा लागू हुन्छ। जब स्रोतहरू सीमित वा कम हुन्छन्, माटोका जनावरहरू बढी वा राम्रो श्रोत खोज्न अन्यत्र जान सक्छन्। माटो जनावरहरूले माटोभित्र इकोसिस्टमको महत्त्वपूर्ण सेवाहरू पनि प्रदान गर्दछन्। उदाहरणका लागि, तिनीहरूले मरेको बिरुवा टुक्र्याउने, पोषक तत्वहरू पुन: प्रयोगमा ल्याउने, र माटोको संरचना सुधार्ने काम गर्छन्।
चारा बिरुवाहरूले माटोको जीवहरूको लागि स्थिर बासस्थान प्रदान गर्दछन्। तिनीहरू रोपेपछि, चाराहरू बढ्छन् र धेरै वर्षसम्म माटोलाई बाधा नपुर्याई तिनमा वस्तुहरू चरिरहन्छन्। त्यहाँ (माटोमा) माटो जनावरहरूको ठूलो विविधता छ जसले गर्दा ती सबैको माटोमा विभिन्न भूमिकाहरू छन् । गँड्यौलाहरू माटोको महानायक वा “इकोसिस्टम इन्जिनियरहरू” हुन् । तिनीहरूले माटोभित्रको हावा र खाना मिसाएर सम्पूर्ण माटोको बासस्थान परिवर्तन गर्दछन् । स्प्रिङटेलहरु र सुलसुलेहरुले मरेको विरुवाहरु टुक्र्याउँन मदत गर्छन्, जसले गर्दा माटो राम्रोसँग टाँसिन्छन् र ढुसी फैलन्छन्। नेमाटोडहरू (साना कीराहरू) ले ढुसी र ब्याक्टेरिया खान्छन्, पोषक तत्वको चक्रको गति बढाउँछन्। माटो भित्र बस्ने जीवहरूको संख्या माटोको स्वास्थ्यको सूचक हुन सक्छन्। माटोको जीवहरूको संख्या बढाउँदा माटोको राम्रो स्वास्थ्य हुन सक्छ र बिरुवाहरू बढ्न मद्दत हुन सक्छ।
के माटोको जीवमा मनपर्ने चारा बिरुवाहरू हुन्छन्**?**
माटोको जीवहरूमा चारा बिरुवाको प्रजातिको प्रभाव हेर्ने अध्ययनहरू धेरै भएका छैनन्, त्यसैले हामीले एउटा प्रयोग गर्ने निर्णय गर्यौं। हामीले सामा, कासनी, रातो बेहुली, र सेतो बेहुली चारा छुट्टा छुट्टै प्लटमा उमार्यौं। यी प्लटहरू एउटै खेतमा एकअर्कासँग जोडिएका थिए। प्रत्येक चाराका लागि चारवटा प्लटहरू थिए। बिरुवाहरू तीन वर्षसम्म हुर्काइयो, जसमा भेडा र गाईहरूले चरन गरेको अनुकरण गर्नको लागि नियमित रूपमा चाराहरु काटियो। तीन वर्षपछि, माटोका जनावरहरू (गँड्यौलाहरु, स्प्रिङटेलहरू, सुलसुलेहरु, कीराहरू र नेमाटोडहरू) ले कुन चारा बिरुवाहरू मन पराउँछन् भनेर हेर्न, प्रत्येक प्लट भित्र ती जीवहरूको मापन गरियो।
माटोका जनावरहरू गणना गर्न फरक फरक नमूना सङ्कलन गर्ने विधिहरू प्रयोग गरियो। गँड्यौलाहरूका लागि, हामीले माटोको एक वर्ग घन मिटर खन्यौ, तिनीहरुलाई क्रमबद्ध गरेर छुट्यार्यौ र हामीले भेट्टाउन सक्ने सबै गँड्यौलाहरू छान्यौं। त्यसपछि गँड्यौलाहरूलाई तिनीहरूको आकार र रङको आधारमा समूहहरूमा वर्गीकृत गरियो। स्प्रिङटेलहरु, सुलसुलेहरु र अन्य साना कीराहरू सङ्कलन गर्न हामीले माटोको सानो नमूना लिएर टुलग्रेन फनेलहरूमा राख्यौं। तपाईं यस फ्रन्टियर्स अफ योङ्ग माइन्ड्स लेखमा दिइएका निर्देशनहरू पालना गरेर आफ्नो घरमै टुलग्रेन फनेल बनाउन सक्नुहुन्छ। हामीले यी माटोका जनावरहरूलाई चिन्नको लागि सुक्ष्मदर्शकयन्त्र (माइक्रोस्कोप) प्रयोग गर्यौं किनभने तिनीहरू धेरै साना थिए। नेमाटोडहरूलाई जम्मा गर्नको लागि माटोलाई टिस्यु पेपरमा राखेर त्यसलार्इ पानीको भाँडामा अड्याएर राखियो । नेमाटोडहरू माटोबाट निस्केर पानीमा पौडीन्थे, जहाँबाट हामीले तिनीहरूलाई सङ्कलन गर्यौँ र माइक्रोस्कोपमुनि राखेर तिनलार्इ पहिचान गर्यौं।
सेतो बेहुलीले माटो जीवहरूको संख्या बढाउँछ
हाम्रा नतिजाहरूको साराँस चित्र २ मा दिइएको छ। सबैभन्दा बढी गँड्यौलाहरू सेतो बेहुलीको प्लाटहरुमा भेटिए र सबैभन्दा थोरै राइघाँसको प्लटहरूमा। कासनी र रातो बेहुली चाराको प्लटहरुको मुनिको माटोमा गँड्यौलाहरुको संख्या मध्यम थिए। गहिरो-खन्ने (एनेसिक) गँड्यौलाहरूले अन्य प्रकारका गँड्यौलाहरूको तुलनामा प्राय बिरुवाहरुमा प्राथमिकता देखाए। नेमाटोडहरूलाई तिनले खाने समूहहरूमा विभाजन गर्दा केही मनपर्ने चाराहरू देखियो। सामाको तुलनामा बेहुली मूनि ढुसी-खाने नेमाटोडहरू ठूलो संख्यामा फेला पर्यो। बिरुवा-खाने नेमाटोडहरू बेहुली र कासनीको तुलनामा सामा मूनि ठूलो संख्यामा भेटिए। प्रति वर्ग मिटर माटोमा हजारौं स्प्रिङटेलहरु र सुलसुलेहरु भेटिए। चारा बिरुवाहरूको माटो मुनि विभिन्न संख्यामा स्प्रिङटेलका दुई समूहहरू भेटिए। पोडुरोमर्फा भनिने स्प्रिङटेलहरूको समूह, जसले ढुसी, ब्याक्टेरिया र मरेको बिरुवाको सामग्री खान्छन्, ती बेहुलीहरु मुनि ठूलो संख्यामा भेटिएका थिए। बिरुवा खाने स्प्रिङटेलहरु (सिम्फिप्लेओना) सामा मुनि ठूलो संख्यामा पाइयो। सामा मुनि ठूलो संख्यामा सिकारी सुलसुलेहरू पनि भेटिएका थिए। “अन्य” ढाड नभएका जनावरहरु भिन्न संख्यामा चारा मुनिको माटोमा फेला परेका थिए। सामाको माटोमा रातो बेहुली वा कासनी भन्दा धेरै “अन्य” ढाड नभएका जनावरहरु भेटिएका थिए। अन्य घाँसको तुलनामा सामाको प्लट मुनि ठूलो संख्यामा कीरा र थ्रिप्स (सानो बिरुवा खाने कीराहरू) थिए। हामीले प्रत्येक चाराको लागि कुल माटोको जैविक विविधता गणना गर्यौं र सबैभन्दा कम जनावर विविधता सामामा पत्ता लगायौं। सबैभन्दा बढी दुई बेहुलीहरुको माटोमा थिए । कासनी मुनि भने माटो जनावरहरूको विविधता मध्यम थियो।
स्वस्थ माटो जीवहरु = स्वस्थ कृषि
माटोका जीवहरूको ठूलो र विविध जनसंख्याले माटोको स्वास्थ्य सुधार गर्छ भन्ने मानिन्छ, जसले बाली वृध्दि गर्न सक्छ। किसानहरूले उब्जाएको घाँसका प्रकारहरूबाट माटोको जनावर संख्या प्रभावित छन् कि छैनन् भनी हेर्न तिनीहरू संख्या अनुगमन गर्नु महत्त्वपूर्ण हुन्छ । यसले हामीलाई किसानहरूले रोप्ने बिरुवाका प्रकारहरूमा परिवर्तन गर्दा त्यसले माटोको स्वास्थ्यमा असर गर्न सक्छ कि सक्दैन भन्ने कुरा बताउनेछ । हाम्रो खोजहरूले माटोको जनावर संख्याहरू उब्जाइएको चारा बिरुवाको प्रकारमा निर्भर गर्दछ भन्ने देखाउँछ । यसको मतलब बिरुवा प्रजातिहरू परिवर्तन गर्दा ती बिरुवाहरू मुनि बस्ने माटो जनावरहरूको जैविक विविधतालाई असर गर्न सक्छ। सबै बिरुवाहरू एउटै क्षेत्र भित्र एकअर्काको छेउमा अवस्थित थिए, जसले गर्दा माटोका जनावरहरूले आफूलाई मनपर्ने चारा बिरुवाहरू मुनि बस्न जान पाए। तीन वर्षमा बिरुवाको बृध्दिले माटोको बासस्थानमा परिवर्तन ल्यायो, किनभने चारवटा चाराको जराको संरचना फरक थियो र माटोमा पोषक तत्वको उपलब्धतामा परिवर्तन भयो। माटोका जनावरहरूको हिड्ने गति फरक-फरक हुन्छ। उदाहरणका लागि, गँड्यौलाहरू प्रति दिन एक मिटरभन्दा बढी हिँड्न सक्छन्, तर सुलसुलेका केही प्रजातिहरू प्रति वर्ष १-८ मिटर मात्र सर्छन् (३, ४) । सेतो बेहुली मुनि पाइने गँड्यौलाहरूले तीन वर्षको प्रयोगको क्रममा त्यहाँ सर्न समय पाएका थिए । तथापि, अन्य केही जनावरहरूलाई आफ्नो मनपर्ने चारा बालीमा पुग्न यो अबधि पर्याप्त नभएको हुन सक्छ । गँड्यौलाको संख्याले कति खाना उपलब्ध छ भनेर देखाउँछ । सेतो बेहुली मुनि ठूला संख्यामा गँड्यौला पाइएकाले त्यहाँ थप खाना रहेको सँकेत दिन्छ । गँड्यौलाहरूले माटोको संरचना सुधार गर्न सक्ने भएकाले, धेरै संख्यामा रहेका गँड्यौलाहरुले माटोको स्वास्थ्य सुधार गर्न सक्छ (५)। बिरुवाहरूले पनि गहिरो खन्ने एनेसिक गँड्यौलाले तयार-बनाई राखेको च्यानलहरु आफ्नो जरा बढाउन प्रयोग गर्न सक्छन् । त्यसैले धेरै संख्यामा एनेसिक गँड्यौलाहरू आकर्षण गर्ने चारा बिरुवाहरूले अन्य बिरुवाहरूको वृध्दिलाई सुधार गर्न सक्छन् ।
माटोको जनावरहरुको उच्च विविधता कायम राख्नु महत्त्वपूर्ण हुन्छ। यदि माटोले माटोजीवहरूको जैविक विविधता माटोको कमजोर व्यवस्थापनको कारणले गुमायो भने यसले माटोको बिरुवाहरू बढ्ने, पानी भण्डारण गर्ने र पोषक तत्वहरू चक्र चलाउने माटोको क्षमता कम गर्न सक्छ। हाम्रो अनुसन्धानले चारा बिरुवाहरूको प्रकार परिवर्तन गर्नाले, माटोको जनावरको जैविक विविधता कायम राख्न मदत गर्ने र त्यसैले माटोलाई स्वस्थ राख्न मदत गर्ने देखाएको छ। स्वस्थ माटो महत्त्वपूर्ण हुन्छ किनभने तिनीहरूले बाली बिरुवाहरूलाई हुर्किन मद्दत गर्छन्। यसको मतलब के हो भने सही चारा बिरुवाहरू छनोटले अन्ततः किसानहरूलाई बढ्दो मानव जनसंख्यालाई खुवाउन पर्याप्त खाना उत्पादन गर्न मद्दत गर्न सक्छ !
शब्दावली
चारा
गाईहरु र भेडा जस्तै चर्ने जनावरहरूले खाने बिरुवा सामग्री। चारा बिरुवा पनि भनिन्छ।
हाँगा भएको जरा
ठूलो, फराकिलो, मुख्य जरा, आकारमा सानो हुदै जाने र सीधा तल बढ्ने (गाजर जस्तै)।
माटोका जीवाणु
जमिन मुनि बस्ने सबै जीवहरू, जसमा सारै साना ब्याटेरिया, ढुसी, प्रोटोजोआ र नेमाटोडहरू, मध्यम आकारका जीवहरू जस्तै स्प्रिङटेलहरु र सुलसुलेहरू र ठूला जीवहरूलाई जस्तै गँड्यौला पर्दछन् ।
इकोसिस्टम सेवाहरू
वातावरणले मानिसहरू र जनावरहरूको लागि गर्ने महत्त्वपूर्ण कुराहरू। माटोको इकोसिस्टममा, उदाहरणहरूको लागि पोषक तत्वहरू पुन: प्रयोग गर्ने, पानीलाई कायम राख्ने र निकासी गर्ने, र माटोमा मरेको बिरुवाको सामग्री मिसाउने समावेश छ।
पोषण चक्र
एक इकोसिस्टममा जीवित र निर्जीव भागहरू बीच विभिन्न पोषक तत्वहरूको प्रवाह र आदानप्रदान । पौष्टिक चक्रले बिरुवाहरू हुर्कन मद्दत गर्दछ।
टुलग्रेन फनेल
यन्त्र जसमा माटोलाई न्यानो गराइन्छ र माटोको साना जनावरहरू तातो र प्रकाशबाट टाढा सर्छन् अनि फनेल मुनिको सङ्कलन भाँडोमा खस्छन्।
एनेसिक
ठूला गँड्यौलाहरूको समूह जसले गहिरो ठाडो दुलाहरु सिर्जना गर्दछ जुन माटोमा माथि र तल गर्छन् र मरेको बिरुवाको सामग्रीलाई पछि खानको लागि वरिपरि सार्छन्।
पोडुरोमोर्फा
मोटो देखिने र सानो पुच्छर भएको स्प्रिङटेलको समूहले प्रायः ढुसी, ब्याक्टेरिया र मरेको बिरुवाको सामग्री खाने।
स्वीकृतिहरू
यो अनुसन्धान PROSOIL परियोजनाको एक भागको रूपमा गरिएको थियो। यो कार्यको लागि वेल्सको ग्रामीण विकास योजना २००७ - २०१३ द्वारा अनुदान दिइएको हो जसका लागि वेल्स सरकार र ग्रामीण विकास को लागि युरोपेली कृषि कोषद्वारा अनुदान दीइएको हो।
ORIGINAL ARTICLE
Crotty, F. V., Fychan, R., Scullion, J., Sanderson, R., and Marley, C. L. 2015. Assessing the impact of agricultural forage crops on soil biodiversity and abundance. Soil Biol. Biochem. 91:119–26. doi: 10.1016/j.soilbio.2015.08.036
सन्दर्भहरू
- Schon NL, Mackay AD, Minor MA. Soil fauna in sheep-grazed hill pastures under organic and conventional livestock management and in an adjacent ungrazed pasture. Pedobiologia 187 (2011) 54(3):161-8. doi: 10.1016/j.pedobi.2011.01.001.
- Crotty, FV. Assessing soil health by measuring fauna. (2021) In: Advances in measuring soil health. BDS Publishing, Cambridge, UK.
- Barreto, C., and Lindo, Z. 2020. Armored mites, beetle mites, or moss mites: the fantastic world of oribatida. Front. Young Minds. 8:545263. doi: 10.3389/frym.2020.545263
- Caro G, Decaens T, Lecarpentier C, Mathieu J. Are dispersal behaviours of earthworms related to their functional group? Soil Biol Biochem (2013) 58:181-7. doi: 10.1016/j.soilbio.2012.11.019.
- Lehmitz R, Russell D, Hohberg K, Christian A, Xylander WER. Active dispersal of oribatid mites into young soils. Appl Soil Ecol (2012) 55:10-9. doi: 10.1016/j.apsoil.2011.12.003.
- Blouin M, Hodson ME, Delgado EA, Baker G, Brussaard L, Butt KR, et al. A review of earthworm impact on soil function and ecosystem services. Eur J Soil Sci (2013) 64(2):161- 82. doi: 10.1111/ejss.12025.
**EDITED BY: **Helen Phillips
REFERENCE: Crotty F (2022) Soil Organisms Have Favorite Forage Plants. Front. Young Minds. 10:660785. doi: 10.3389/frym.2022.660785
**CONFLICT OF INTEREST: **The author declares that the research was conducted in the absence of any commercial or financial relationships that could be construed as a potential conflict of interest.
COPYRIGHT © 2022 Crotty. This is an open-access article distributed under the terms of the Creative Commons Attribution License (CC BY). The use, distribution or reproduction in other forums is permitted, provided the original author(s) and the copyright owner(s) are credited and that the original publication in this journal is cited, in accordance with accepted academic practice. No use, distribution or reproduction is permitted which does not comply with these terms.
YOUNG REVIEWERS
JACK, AGE: 13
My name is Jack. I am interested in coding, programming, and cybersecurity. I participate in science and math competitions like Science Olympiad and Math League. I am an avid basketball player. I love to travel and have visited 4 of the 7 continents so far.
SOPHIA, AGE: 15
My name is Sophia. I am on the pre-med pathway in high school. I compete in Science Olympiad, Quiz Bowl, and the Science Fair. I have a love for spelling. I won my school spelling bee multiple years and competed in the Scripps national spelling bee. For relaxation, I enjoy doing art projects and baking culinary treats for my friends and family. I also love to travel. One of my favorite places is Tokyo.
AUTHOR
डा. फेलिसिटी क्रोटी
डा. फेलिसिटी क्रोटी रोयल अग्रिकल्चर युनिभर्सिटीको माटो विज्ञान र इकोलोजीको वरिष्ठ व्याख्याता हुन् । उनले विगत चौध वर्ष देखि जीवविज्ञान र माटोको स्वास्थ्यमा अनुसन्धान गरिरहेकी छिन् र दुवै पशु र बाली क्षेत्र भित्र दिगो कृषि र माटोको स्वास्थ्य बीचको सम्बन्ध बुझ्नमा ध्यान केन्द्रित गरिरहेकी छिन्। *felicity.crotty@rau.ac.uk
TRANSLATION
SARITA PUDASAINI
PREM RAJ DHUNGEL
UJJWAL DHAKAL
FUNDING (TRANSLATION)
The team Translating Soil Biodiversity acknowledges support of the German Centre for integrative Biodiversity Research (iDiv) Halle-Jena-Leipzig funded by the German Research Foundation (DFG FZT 118, 202548816).
CITATION (TRANSLATION)
This is an open-access article distributed under the terms of the Creative Commons Attribution License (CC-BY 4.0). The use, distribution or reproduction in other forums is permitted, provided the original author(s) and the copyright owner(s) are credited and that the original publication in this journal is cited, in accordance with accepted academic practice. No use, distribution or reproduction is permitted which does not comply with these terms.
Recommended citation format: Crotty F (2025) Soil organisms have favorite forage plants. (Nepali translation: Sarita Pudasaini). Translating Soil Biodiversity & Front. Young Minds. Originally published in 2022, doi: 10.3389/frym.2022.660785
Figures
चित्र १ - प्रति हेक्टर (हे) माटो जनावरहरूको तौल, भेडामा नापिएको। वयस्क भेडाको तौल लगभग ६० किलो (१) हुन्छ। एक हेक्टरमा माटोका जीवहरूको तौल लगभग ५३ भेडा बराबर हुन्छ (२)। खेतीका लागि मापदण्ड अनुसार प्रति हेक्टरमा १६ भेडाहर बराबर हुनुपर्छ, त्यसैले माटोको जीवहरूको प्रति हेक्टर तौल जमिन माथिको भेडाको तौल भन्दा बढी छ। (BioRender.com बाट बनाइएको चित्र)
चित्र २ - सामा, कासनी, रातो बेहुली, र सेतो बेहुली चारा बिरुवाहरू मुनि माटोको जनावर संख्यामा भिन्नता। सामामा सबैभन्दा धेरै बिरुवा-खाने माटोका जनावरहरू थिए (ट्रुउ कीराहरू, थ्रिप्स, र बिरुवा-खाने नेमाटोडहरू)। सेतो बेहुलीमा सबैभन्दा धेरै गँड्यौलाहरू, ढुसी-खाने नेमाटोडहरू र पोडुरोमोर्फा स्प्रिङटेलहरू थिए। रातो बेहुलीमा गँड्यौला, ढुसी-खाने नेमाटोड र पोडुरोमोर्फा स्प्रिङटेलहरुको संख्या मध्यम थियो। रातो बेहुलीमा अन्य चाराहरूको तुलनामा सिकारी सुलेसुलेहरु ठूलो संख्यामा थिए। कासनीमा मध्यम संख्यामा गँड्यौलाहरू थिए तर अन्य जीवहरू बेहुलीभन्दा कम थिए। (बिरुवाका तस्विरहरू Cotswold Seeds बाट साभार गरिएको, BioRender.com मा सिर्जना गरिएको चित्र)