के सुख्खा भूमिमा रहेका मिथेन खाने ब्याक्टेरियाले हरितगृह ग्याँस घटाउन सहयोग गर्दछन् ?
Open PDF in new window.
Angela Lafuente 1,2, Concha Cano-Díaz1*
*1 Departamento de Biología y Geología, Física y Química Inorgánica, Escuela Superior de Ciencias Experimentales y Tecnología, Universidad Rey Juan Carlos, Móstoles, Spain 2 *
College of Forest Resources and Environmental Science, Michigan Technological University, Houghton, MI, United States, Singapore
सुख्खा भूमि भनेको के हो ? यो भन्ने बित्तिकै तपाईंको मस्तिश्कमा पहिलो कुरा के आउला, कुनै मरुभूमि जस्तो स्थान जहाँ कुनै कुराको अस्तित्व रहँदैन वा भनौँ कोही पनि बसोबास गर्न वा हुर्कन बढ्न सक्दैन। सुख्खा भूमिमा पानीको मात्रा कमी भएतापनि त्यहाँको पर्यावरणीय प्रणालीमा विविधता रहेको हुन्छ ।विश्वव्यापी जलवायु परिवर्तनको कारणले गर्दा यस्तो भूमिको क्षेत्रमा वृद्धि भैरहेको छ।विश्वव्यापीरुपमा तापक्रम बढ्नुको मुख्य कारण वातावरणमा हरितगृह ग्याँसहरुकोको मात्रा बढ्दै जानु हो।यसलाई समाधान गर्नका लागि हामीले हरितगृह ग्याँसहरूको उत्सर्जन घटाउनु पर्ने कुरा स्पष्ट छ तर प्रकृतिमा रहेका सूक्ष्मजीवहरूको अध्ययनले हामीलाई विश्वव्यापी तापक्रमको समस्यालाई समाधान गर्न केहि रोचक संकेतहरू प्रदान गरेका छन्।सूक्ष्मजीवहरू सम्भवतः पृथ्वीका सबै किसिमका वातावरणमा बसोबास गर्दछन् , अझ खुसीको कुरा त के छ भने तीमध्ये केहीले हावामा उपलब्ध हरितगृह ग्याँसहरूलाई आफ्नो आहारको रूपमा प्रयोग गर्दछन्।यस लेखमा हामीले संसारभरका माटोमा यस्तो ब्याक्टेरिया खोज्ने प्रयास गरेका छौं जसले एक शक्तिशाली हरितगृह ग्याँस (मिथेन) को उपभोग गर्दछ।यस अध्ययनमा हामीले अनुमान गरिएको भन्दा फरक के पनि पत्ता लगायौं भने यस्ता ब्याक्टेरिया संसारभरका सुख्खा भूमिमा बसोबास गर्ने गर्दछन्।
सुख्खा भूमिः पृथ्वीको सबैभन्दा ठूलो थलस्थल पर्यावरणीय प्रणाली
सुख्खा भूमिलार्इ धैरै कम वर्षा र त्यसको परिणामस्वरूप कम वनस्पतिक श्रोत भएका स्थानको रुपमा पहिचान गरिन्छ।यद्यपि सुख्खा भूमिहरूले विभिन्न पर्यावरणीय तत्वहरु र ती तत्वबाट बनेका श्रृंखलाहरु जस्तै पृथ्वीको सबैभन्दा सुख्खा स्थान चिलीको अटाकामा मरुभूमि देखि लिएर अष्ट्रेलियाको कोआलाहरू बसोबास गर्ने हरियाली युकालिप्टस जंगलसम्मका क्षेत्रहरु समेट्छन् (चित्र १.१)।सुख्खा भूमिमा स्थापित पर्यावरणीय प्रणालीले अथाह जैविक विविधता समेटेको हुन्छ जसमा सुख्खा भूमिमा मात्र बाँच्न तथा कठोर परिस्थितिहरूसँग अनुकूलन हुन सक्ने किसिमका धेरै वनस्पति र जनावरहरू पर्दछन्। सुख्खा भूमि पृथ्वीको सबैभन्दा ठूलो थलस्थल पर्यावरणीय प्रणाली हो, जसले पृथ्वीको भूमि सतहको लगभग आधा (४५%) हिस्सा ओगट्नुका साथै ४०% भन्दा बढी मानिसका लागि बासस्थान उपलब्ध गराएको छ।त्यसैले सुख्खा भूमि पृथ्वीका अत्यन्त महत्वपूर्ण क्षेत्रहरू हुन् र यी क्षेत्रहरुमा अनुसन्धान गर्नु अत्यावश्यक छ।
प्राकृतिक चक्रहरुद्धारा वातावरणमा अवस्थित जीवित प्राणी तथा निर्जीव पदार्थहरू जस्तै वनस्पति तथा पानी एकआपसमा जडित छन्।यी निर्जीव पदार्थहरूलाई अजैविक कारक भनिन्छ।पानी जीवनसँग सम्बन्धित सबै प्रक्रियाहरूको लागि अत्यन्त महत्त्वपूर्ण छ, जसमा वनस्पतिको वृद्धि देखि लिएर माटोमा रहने सूक्ष्मजीवहरूको समुदायको विकास सम्ममा यसको भूमिका महत्पूर्ण रहन्छ।त्यसकारण पानी पर्यावरणीय प्रणालीको एक सबैभन्दा महत्त्वपूर्ण अजैविक कारकतत्व हो।पर्यावरणीय प्रणालीमा पानीको उपलब्धता मापन गर्न एक गणितिय विधिको प्रयोग गरिन्छ जसलार्इ “सुख्खापन” भनिन्छ ।यसले वर्षा (पानीको वर्षा, कुहिरो, वा हिउँ) र पानीको वाष्पीकरणको बीचको सम्बन्ध मापन गर्दछ। पानीको उपलब्धता कम भएको स्थान अधिक सुख्खा हुने गर्दछ (चित्र १.१)।
सुख्खा भूमिहरूमा सधैँ पानीको उपलब्धता नहुने हुँदा जीवित प्राणीहरू र निर्जीव पदार्थहरूको बीच स्थापना भएको प्राकृतिक चक्रमा ठूलो प्रभाव पर्छ।जब वर्षा हुँदैन र आद्रता घट्न जान्छ यसले कार्बन (C) र नाइट्रोजन (N) चक्रलाई समेत असर गर्दछ।फलस्वरुप यो अवस्थाले गर्दा माटोमा यस्ता तत्त्वहरूको प्रचुरतामा कमि आर्इ वनस्पति, जनावर र सूक्ष्मजीवहरूलाई समेत असर पुर्याउँछ।यी सबै नकारात्मक असरले गर्दा सुख्खा भूमिहरू जलवायु परिवर्तन प्रति थप संवेदनशील हुँदै गएका छन्।
माटोका ब्याक्टेरिया र मिथेन
पृथ्वीको चारैतिर एक ग्याँसयुक्त तह छ जसलाई वायुमण्डल भनिन्छ।यो तहले हामीलाई सूर्यको विकिरणबाट सुरक्षित राख्न तथा पृथ्वीको समग्र तापक्रमलार्इ कायम राख्न महत्वपूर्ण भुमिका खेल्दछ।वायुमण्डलका मुख्य तत्वहरू नाइट्रोजन (७८%) र अक्सिजन (२१%) रहेतापनि अन्य धेरै ग्याँसहरूको पनि उपलब्धता छ।केही यस्ता वायुमण्डलीय ग्याँसहरूको उदाहरणमा कार्बनडाइअक्साइड (CO2) र पानीको वाफहरु पर्दछन् जसलार्इ हरितगृह ग्यास पनि भनिन्छ।यस्ता हरितगृह ग्याँसहरुले ठीक हरितगृहका काँचले झैँ सूर्यको किरणलार्इ पृथ्वीको सतहमा पुग्न त दिन्छन् तर तापलाई वायुमण्डलबाट बाहिर जानबाट रोक्दछन्।यो प्रकृयाले विश्वव्यापी रुपमा भएको तापक्रमको बृद्धिमा योगदान पुर्याउँछ।
वायुमण्डलमा सबैभन्दा बढी मात्रामा उपलब्ध मानव कृयाकलापद्धारा उत्पादित ग्रीनहाउस ग्याँस कार्बनडाइअक्साइड हो जसको उत्सर्जन जीवाश्म इन्धन जलाइएपछि हुने गर्छ।त्यसैगरी विश्वव्यापी तापक्रम बृद्धिमा योगदान पुर्याउने दोस्रो सबैभन्दा महत्त्वपूर्ण ग्यास मिथेन (CH4) हो। मिथेन एउटा साधारण अणु हो जुन एक परमाणु कार्बन (C) र चार परमाणु हाइड्रोजन (H) द्वारा बनेको हुन्छ।एक अणु मिथेनको तापक्रम बृद्धिमा हुने प्रभाव कार्बनडाइअक्साइडको २५ अणुहरूको बराबर हुने भएकाले मिथेनलार्इ एक अत्यन्त शक्तिशाली हरितगृह ग्याँसको रुपमा लिइन्छ।मिथेनको उत्पादन गर्ने सूक्ष्मजीवहरूको समूहलाई मिथेनोजेन्स भनिन्छ जसलाई जीवित रहनको लागि अक्सिजनको आवश्यक पर्दैन।त्यसकारण मिथेनोजेन्सहरु अक्सिजनरहित वातावरण जस्तै धान खेती गरिएको स्थान तथा ताल-तलाउहरुमा बस्दछन्।यसका अलवा जनावरहरू जस्तै गार्इ तथा मानवजातिको पाचननलीमा समेत मिथेनोजेन्सहरु बसोबास गर्दछन्। मिथेनोजेन्सहरूले गर्दा जनावरहरूले डकार्दा मिथेन ग्याँस उत्पादन हुन्छ।जैविक पदार्थहरू जस्तै पात र काठका टुक्राहरूको विघटन प्रकृयामा समेत मिथेनोजेन्सहरूले मिथेन उत्पादन गर्छन्।कृषि क्षेत्रबाट मात्र नभर्इ अन्य मानव गतिविधिहरू जस्तै इन्धन तथा ग्याँसजन्य उद्योग तथा कलकारखानाहरुले पनि मिथेनको अधिक मात्रा वायुमण्डलमा उत्सर्जन गर्दछन् [१] (चित्र २)।
वायुमण्डलमा मिथेनको उत्सर्जनले जलवायु परिवर्तनमा ठूलो योगदान पुर्याइरहेको छ। मिथानोट्रफ्स मात्र जीवाणुहरुको यस्तो एउटा समूह हो जसले मिथेनलार्इ खपत गर्दछ।यी सूक्ष्मजीवहरूको समूहले मिथेनलाई कार्बन र ऊर्जाको स्रोतको रूपमा प्रयोग गर्दछन् अर्थात् यी सूक्ष्मजीवहरूले मिथेनलार्इ खान्छन् (चित्र २) । सुख्खा भूमिमा पानीको मात्रा कम भएसँगै मिथेनको उत्पादन पनि कम हुन्छ (स्मरणका लागि मिथेनोजेन्स साधारणतया डुबान क्षेत्र तथा अन्य अक्सिजनरहित वातावरणमा बस्छन्)।एकातर्फ सुख्खा भूमिहरूको क्षेत्रफल बढ्दै जाने तथा अर्कोतर्फ विश्वव्यापीरुपमा वायुमण्डलमा मिथेनको मात्रा वृद्धि भइरहेको सन्दर्भमा सुख्खा भूमि क्षेत्रमा मिथानोट्रफ्सको उपस्थितिले त्यहाँको पर्यावरणीय प्रणालीहरुमा यो ठूलो चासोको विषय बन्न सक्दछ।
मिथानोट्रफ्स पत्ता लगाउने र अध्ययन गर्ने तरिका
यस अनुसन्धानमा हामी के जान्न चाहन्थ्यौँ भने मिथानोट्रफ्स विश्वभरिका सुख्खा क्षेत्रका माटोमा सामान्य रुपमा उपलब्ध छन् या छैनन् र ती अन्य अधिकांश माटोका सूक्ष्मजीवहरू जस्तै जलवायुको अवस्था र माटोका गुणहरू प्रति संवेदनशील छन् या छैनन्।यसको लागि हामीले पहिलो चरणमा विश्वभरिका ८० स्थानमा सुख्खा भूमि स्थलहरू छनौट गर्यौं (चित्र १.१)। प्रत्येक स्थलबाट हामीले जलवायु जम्बन्धी विवरण जस्तै वार्षिक औषत तापक्रम, वर्षा र सुख्खापन सङ्कलन गर्यौं।ती स्थलहरुबाट माटोका नमूना संकलन गरी विभिन्न गुणहरू जस्तै प्राङ्गारिक कार्बनको मात्रा, पिएच र बालुवाको मात्रा विश्लेषण गर्यौं (चित्र १.२)।माटोमा अधिक मात्राको प्राङ्गारिक पदार्थले माटो उर्बर छ भन्ने बुझिन्छ जसको अर्थ यसमा बोटबिरुवा, माटोका जीव तथा सूक्ष्मजीवहरूलार्इ आवश्यक पोषक तत्वहरू उपलब्ध हुन्छन्।पिएच विश्लेषणको मात्राले माटोमा भएको अम्लीयपनालार्इ जनाउँछ। माटोमा ब्याक्टेरियाको वृद्धि नियमन गर्ने सबैभन्दा महत्त्वपूर्ण तत्वहरू मध्ये पिएच एक हो।उदाहरणको लागि माटो अत्याधिक अम्लीय छ भने त्यस्तो माटोमा केवल अम्लीयपना सहन सक्ने ब्याक्टेरिया मात्र बाँच्दछन्।यसैगरी माटोका कणहरू एकअर्कासँग नजिक रहेतापनि यि कणहरुले हावा र पानी प्रवेश गर्नको लागि स्थान पनि छोडेका हुन्छन्।माटोको सबैभन्दा ठूलो कणको मात्रा बालुवामा हुन्छ जसको अर्थ त्यहाँ ठूला स्थानहरू छन्, जसले हावालार्इ माटोमा सजिलै प्रवेश गर्न दिन्छ भने पानी र पोषक तत्वहरू पनि सजिलै निकासा भएर जान्छ। हामीलार्इ माटोको नमूनामा मिथानोट्रफ्सको अध्ययन गर्नका लागि यी ब्याक्टेरियाको अनुवांशिक विवरण (DNA) थाहा हुन जरुरि हुन्छ [२]।यसका लागि सर्वप्रथम हामीले माटोको नमूनाहरूमा रहेको सबै DNA प्राप्त गर्यौं, जसलाई **DNA **निष्कर्षण भनिन्छ (चित्र १.३)।यो प्रक्रिया प्रयोगशालामा शक्तिशाली इन्जाइमहरूको प्रयोग गरेर गरिन्छ जसले कोषहरूलाई खुला गरी अनुवांशिक विवरणलार्इ ह्रास नगरी छुट्याउँछन्।त्यसपछि हामीले मिथानोट्रफ्समा मात्र पाइने विशिष्ट क्षेत्रबाट निष्कर्षण गरिएको DNA विश्लेषण गर्यौं।यो किसिमको DNA लार्इ pmoA जीन भनिन्छ।यो pmoA जीनमा भएको प्रोटीनले मिथानोट्रफ्सलाई वातावरणीय मिथेन खानका लागि निर्देशित गर्दछ।प्रत्येक माटो नमूनामा भएको pmoA जीनको मात्राको आधारमा सो नमूनामा कति मिथानोट्रफ्स थिए भन्ने कुरा थाहा हुन्छ (चित्र १.४)।मिथानोट्रफ्ससँग धेरै नजिकका प्रजातिहरू पनि छन् जसका अनुवांशिक विवरणहरु मिल्दाजुल्दा हुने गर्दछन् तर विभिन्न प्रजातिहरूका DNA मा केही स-साना अनुवांशिक भिन्नताहरू (जस्तै फिङ्गरप्रिन्ट) भने रहेका हुन्छन् जसले हामीलाई DNA प्रयोग गरेर विभिन्न मिथानोट्रफ्सको पहिचान गर्न सहयोग गर्दछन् (चित्र १.५)।
हाम्रो यो DNA अध्ययनले प्रत्येक माटोको नमूनामा मिथानोट्रफ्सको प्रचुरता (कुनै प्रकारको ब्याक्टेरियाको कुल संख्या), विविधता (विभिन्न प्रकारका ब्याक्टेरियाको संख्या) र समुदाय संरचना (विभिन्न प्रकारका ब्याक्टेरियाहरू र प्रत्येक प्रकारको प्रचुरता) को बारेमा जानकारी प्राप्त गर्न मद्दत गर्दछ (चित्र ३)।त्यसपछि हामी गणितीय विधिको प्रयोग गरेर कस्तो किसिमको माटो वा जलवायुको अवस्था मिथानोट्रफ्सको लागि सबैभन्दा उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी लिन्छौँ।
मिथानोटरफ्स कहााँ पाइन्छन् ?
सुरुमा हामीलाई सुख्खा क्षेत्रमा मिथानोट्रफ्स पाइन्छ भन्ने थाहा थिएन किनभने यी सूक्ष्मजीवहरुलार्इ जीवित रहनका लागि मिथेनको आवश्यक पर्दछ तर सुख्खा क्षेत्रमा मिथेन उत्पादनको लागि उपयुक्त वातावरण हुँदैन।त्यसैले सुख्खा क्षेत्रबाट लिइएको माटोको सबै नमूनाहरुमा मिथानोट्रफ्सको भेटिनु एकदमै असाधारण खोजी हो।यसका आधारमा हामी अब भन्न सक्छौं कि मिथानोट्रफ्स विश्वभरिका सुख्खा क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छन्।अझ आश्चर्यजनक त के छ भने हामीले केही यस्ता मिथानोट्रफ्स पनि पायौं, जुन सामान्यतः डेनमार्क, स्कटल्याण्ड वा न्युजिल्यान्डजस्ता आर्द्र ठाउँहरुमा पाइन्छन्।
अर्को कुरा सुख्खा क्षेत्रमा वार्षिक औसत तापक्रम र सुख्खापन मिथानोट्रफ्सहरूको प्रचुरता (abundance) र विविधता (richness) लाई प्रभाव पार्ने मुख्य अवस्था नभएको पनि हामीले पायौं।प्रचुरता र विविधता अन्य कारकहरू जस्तै वर्षाबाट प्रभावित हुन सक्छ।यद्यपि औसत वार्षिक तापक्रम, वर्षा, सुख्खापन, र माटोका गुणहरू, जस्तै प्राङ्गारिक पदार्थ, पिएच र बालुवाको मात्रा, आदिले मिथानोट्रफ्सहरूको समुदाय संरचनामा प्रभाव पार्छन्।उदाहरणका लागि उच्च तापक्रमले तापक्रम-प्रतिरोधी (heat-resistant) मिथानोट्रफ्सहरूको प्रचुरता बढाउँछ अर्थात उच्च तापक्रम भएको सुख्खा क्षेत्रहरूमा मिथानोट्रफ्स समुदायले तातो-प्रतिरोधी मिथानोट्रफ्सहरू बढी समावेश गर्न सक्छन्।जलवायुको अवस्थाले पनि माटोका गुणहरू जस्तै चट्टानहरूको विघटनलाई अनुकूल बनार्इ बालुवाको मात्रा बढाउन वा माटोको पिएच र प्राङ्गारिक पदार्थलाई परिमार्जन गरी प्रभावित गर्न सक्छन्। माटोका यस्ता गुणहरूले माटोभित्र प्रवेश गर्न सक्ने हावाको परिमाणलाई प्रभावित गर्दछ, जुन मिथानोट्रफ्सहरूको समुदाय संरचनाका लागि धेरै महत्त्वपूर्ण रहेको छ।
सुख्खा क्षेत्रका मिथानोट्रफ्सबाट हामीले के सिक्यौं ?
मिथानोट्रफ्सहरू विश्वव्यापी रुपमा सुख्खा क्षेत्रहरूमा प्रचुर मात्रामा तथा व्यापक रूपमा पाइने तथ्य यो अध्ययनबाट पत्ता लाग्यो।जलवायु र माटोको अवस्था दुवैले मिथानोट्रफ्सहरूको समुदायलाई असर गर्दछन्। त्यसैगरी हामीले मिथेन खाने ब्याक्टेरियाहरूको समुदाय संरचना, जलवायुको अवस्था जस्तै वर्षा र तापक्रमको परिमाण र माटोका विशेषताहरू जस्तै माटोको प्राङ्गारिक पदार्थ आदिमा निर्भर रहने कुरा पत्ता लगायौँ।
जलवायुको अवस्थाले मिथानोट्रफ्सहरूलाई प्रभाव पार्ने भएकाले यो अपेक्षा गर्न सकिन्छ कि आउँदा वर्षहरुमा जलवायु परिवर्तनले मिथानोट्रफ्सको समुदायलाई परिमार्जन गरी वातावरणीय रुपमा भर्इरहेको मिथेनको खपतलाई असर गर्नेछ।मिथानोट्रफ्सहरू बसोबास गर्ने चिसो र आर्द्र ठाउँहरू निश्चित रूपमा जलवायु परिवर्तनबाट प्रभावित हुनेछन्।सुख्खा क्षेत्रहरूले ओगटेको विशाल भूमि र त्यहाँ रहेका धेरै मिथानोट्रफ्सहरूले यी क्षेत्रहरूलाई भविष्यमा वातावरणीय मिथेनको खपतको लागि अत्यन्त महत्त्वपूर्ण बनाउन सक्तछन्।अर्थात सुख्खा क्षेत्रका ब्याक्टेरियाहरूले हरितगृह ग्यासहरू घटाउन मद्दत गर्न सक्छन्।सुख्खा क्षेत्रहरूको अहिले राम्रो हेरचाह गर्न र ती क्षेत्रले समेटेका अद्भुत तत्वहरूको अध्ययनलाई निरन्तरता दिन महत्त्वपूर्ण छ तबमात्र हामी भविष्यको तातो ग्रहसँग जुझ्न सक्ने सामर्थ्य राख्छौँ।त्यसैले सुख्खा क्षेत्रका मिथेन खाने ब्याक्टेरियाहरूले हामीलाई सहयोग गर्दछन्।
शब्दावली
अजैविक
गैर-जीवित। वातावरणमा तापक्रम, पानी र प्रकाश जस्ता अजैविक कारकहरू समावेश हुन्छन्।
सुख्खापन
वर्षा (वर्षा, कुहिरो वा हिउँ) को परिमाण र पानीको वाष्पीकरण बीचको गणितीय सम्बन्ध। यसले कुनै पर्यावरणीय प्रणालीमा पानीको मात्रा कति कम छ भनेर बुझाउँछ।
प्रचुरता
वातावरणमा रहेका निश्चित प्रकारका जीवहरुको संख्या।
मेथानोजेन्स
अक्सिजन बिना बाँच्न सक्ने वा अक्सिजनरहित वातावरणमा बस्न सक्ने सूक्ष्मजीवहरूको समूह।
मिथानोट्रफ्सहरू
सूक्ष्मजीवहरूको समूह जसले कार्बन र ऊर्जाको स्रोतको रूपमा मिथेनको उपयोग गर्छन्। मिथेन खाने सुक्ष्मजीव।
DNA निष्कर्षण
प्रयोगशालामा हुने प्रक्रिया जसमा कोषहरूलाई खुला गरी अनुवांशिक विवरणलार्इ ह्रास नगरी छुट्याइन्छ।
विविधता
वातावरणमा रहने जीवहरूको प्रजाति (विभिन्न प्रकारहरू) को संख्या।
समुदाय संरचना
समुदायको संयुक्त विविधता (richness) र प्रचुरता (abundance)।
ORIGINAL ARTICLE
Lafuente, A., Bowker, M. A., Delgado-Baquerizo, M., Durán, J., Singh, B. K., and Maestre, F. T. 2019. Global drivers of methane oxidation and denitrifying gene distribution in drylands. Glob. Ecol. Biogeogr. 28:1230–43. doi: 10.1111/geb.12928
REFERENCES
[1] Cadena, S., Cervantes, F., Falcón, L., and García-Maldonado, J. 2019. The role of microorganisms in the methane cycle. Front. Young Minds 7:133. doi: 10.3389/frym.2019.00133
[2] Schallenberg, L., Wood, S., Pochon, X., and Pearman, J. 2020. What can DNA in the environment tell us about an ecosystem? Front. Young Minds 8:150. doi: 10.3389/frym.2019.00150
EDITOR: Rémy Beugnon, German Centre for Integrative Biodiversity Research (iDiv), Germany
SCIENCE MENTOR: Luisa Falcon
CITATION: Lafuente A and Cano-Díaz C (2021) Can Methane-Eating Bacteria in Drylands Help Us Reduce Greenhouse Gases?. Front. Young Minds. 9:556361. doi: 10.3389/frym.2021.556361
**CONFLICT OF INTEREST: **The authors declare that the research was conducted in the absence of any commercial or financial relationships that could be construed as a potential conflict of interest.
COPYRIGHT © 2021 Lafuente and Cano-Díaz. This is an open-access article distributed under the terms of the Creative Commons Attribution License (CC BY). The use, distribution or reproduction in other forums is permitted, provided the original author(s) and the copyright owner(s) are credited and that the original publication in this journal is cited, in accordance with accepted academic practice. No use, distribution or reproduction is permitted which does not comply with these terms.
युवा समीक्षक
SEBASTIAN, AGE: 10
I like sports, reading, math, and animals.
प्रेम प्रसाद दाहाल
कक्षा ९, श्री चण्डेश्वरी माध्यमिक विद्यालय, रामेछाप
AUTHORS
ANGELA LAFUENTE
I am currently a post-doc at Michigan Technological University, working on carbon cycling in tropical peatlands. I am an ecologist interested in understanding how global change affects soil microorganisms and greenhouse gas fluxes. In my free time, I enjoy the nature going on a hike, cycling, or skiing. *ellyon.diebrunnen@gmail.com
CONCHA CANO-DÍAZ
I am a biologist finishing my Ph.D. at Universidad Rey Juan Carlos (Spain). My research is focused on the distribution and ecological preferences of soil cyanobacteria. I am currently studying the effects of climate change and soil formation processes on cyanobacterial communities around the world. I love to make scientific illustrations and in my free time I enjoy playing music with the ukulele and singing in the choir.
अनुवादकहरू
डा.** दिनेश पाण्डे**
दिनेश पाण्डे कृषि प्रणालीमा कार्बन र नाइट्रोजन चक्रसम्बन्धी विषयका माटो वैज्ञानिक हुनुहुन्छ। ORCID
मनिता थापा
मनिता थापा वरिष्ठ कृषि विकास अधिकृत हुनुहुन्छ।
FUNDING (TRANSLATION)
The team Translating Soil Biodiversity acknowledges support of the German Centre for integrative Biodiversity Research (iDiv) Halle-Jena-Leipzig funded by the German Research Foundation (DFG FZT 118, 202548816).
CITATION (TRANSLATION)
This is an open-access article distributed under the terms of the Creative Commons Attribution License (CC-BY 4.0). The use, distribution or reproduction in other forums is permitted, provided the original author(s) and the copyright owner(s) are credited and that the original publication in this journal is cited, in accordance with accepted academic practice. No use, distribution or reproduction is permitted which does not comply with these terms.
Recommended citation format: Lafuente A and Cano-Díaz C (2025) Can Methane-Eating Bacteria in Drylands Help Us Reduce Greenhouse Gases? (Nepali translation: Dr. Dinesh Panday and Manita Thapa). Translating Soil Biodiversity & Front. Young Minds. Originally published in 2021, doi: 10. 3389/frym.2021.556361
Figures
चित्र १ – माटोमा रहेका मिथेनोट्रफहरूको अध्ययन अनुसन्धान गर्न प्रयोग गरिएका विधिहरूः (१) हामीले संसारभरका सुख्खा भूमि क्षेत्रहरू छनौट गरी माटोका नमूना संकलन गरेका थियौं।(२) त्यसपछि हामीले माटोका विशेषताहरू जस्तै प्राङ्गारिक पदार्थको मात्रा तथा पिएच (अम्लियपना) विश्लेषण गरेका थियौं।(३) हामीले माटोमा रहेका ब्याक्टेरियाको आनुवंशिक विवरण (डि.एन.ए.) अध्ययन गरेका थियौँ।(४ र ५) डि.एन.ए. सम्बन्धी विवरणका आधारमा हामीले प्रत्येक माटो नमूनामा मिथेनोट्रफहरूको प्रचुरता, विविधता र समुदाय संरचनाबारे जानकारी प्राप्त गरेका थियौं।(६) त्यसपछि हामीले गणितिय विधिको प्रयोग गरी मिथेनोट्रफहरूको लागि सबैभन्दा उपयुक्त माटो र जलवायुको अवस्थाहरूको बारेमा विश्लेषण गरेका थियौं।

त्तचत्र ३ – सूक्ष्िजीवका सिुर्ायहरुलाई तीनवटा हवशेर्तािाट व्याख्या गनद सहकन्छ।कुनै प्रकारको ब्याक्टेररयाको कुल सांख्यालार्द प्रचुरता भमनन्छ।हवहवधता भन्नाले वातावरणिा रहेका फरक प्रकारका 6 ब्याक्टेररयाहरूको सांख्यालार्द िुत्तझन्छ।सिुर्ायिा भएका हवमभन्न प्रकारका ब्याक्टेररयाहरूको सांख्या तथा प्रत्येक प्रकारको प्रचुरताले सिुर्ाय सांरचना िुझाउाँछ।